×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति छ ब्याजदर ? (विवरणसहित)

PRIME CA

प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति छ ब्याजदर ? (विवरणसहित)

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बददाता
काठमाडौं । प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यी दुवै बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । प्रभु बैंकले साधारण बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ६ महिनासम्मलाई ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मलाई ६.५० प्रतिशत र १ वर्षभन्दा माथि ब्याज दिनेछ बैंकले जनाएको छ । यस्तै बैंकले कर्जातर्फ न्यूनतम ९.२४ प्रतिशतदेखि अधिकतम ११.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यता राष्ट्रिय वाणिज्य बैंकले पनि साधारण बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै बैंकले साधारण मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ३ वर्षसम्मलाइ ५.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले विषेश मुद्दति खातामा भने १ वर्षदेखि ५ वर्षसम्मलाई व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६.५० प्रतिशत ब्याज दिनेछ । यस्तै बैंकले कर्जातर्फ न्यूनतम ६.६१ प्रतिशतदेखि अधिकतम ८.८६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: