×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बहिरा महासंघका सदस्यहरुले पनि प्रभु क्यापिटलमा नि: शुल्क डिम्याट खाता खाेल्ने सक्ने

PRIME CA

राष्ट्रिय बहिरा महासंघका सदस्यहरुले पनि प्रभु क्यापिटलमा नि: शुल्क डिम्याट खाता खाेल्ने सक्ने

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । प्रभु क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा सुरु गरेकाे छ । क्यापिटलका प्रमुख व्यवसाय अधिकारी वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निशुल्क डिम्याट खाता खाेल्ने सेवा दिने बताएका हुन् । शनिबार क्यापिटलले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी दिएकाे एक दिने तालिममा उनले यस्ताे जानकारी दिएका हुन् ।
क्यापिटलले प्रज्ञा प्रतिष्ठानको सभाहलमा महासंघका करिब २५० जना सदस्यहरुलाई एक दिने तालिम दिएकाे थियाे । कार्यक्रमको अध्यक्ष सत्यदेवी वाग्लेले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु थप संचालन गर्दै जाने र अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान गर्ने बताएकी थिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: