Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकले फागुन १९ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम कमर्सियल बैंकले फागुन १९ गतेदेखि ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले  प्रतिइकाई १ हजार रुपैयाँ दरले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने भएको हो । जसमा १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर ८.७५% तोकिएको छ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । साथै, मेरोसेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK