Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्पूर्ण भुक्तानीहरु अब पूर्ण रुपमा स्वचालित हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमाकारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको बताइएको छ । हालकम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।
यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालनथप छरितो र सहज हुने विश्वास लिएको छ । प्राइमलाईफ सँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमाशूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेक्ट आइपीएसबाट भइरहेको छ भने ४ वटा बीमाकम्पनी भने एनपीआई प्रणालीमा आबद्ध भैसकेका छन् ।
एनपीआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरी सञ्चालनमा रहेको छ । जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK