
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बिच सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो क्यूआर कोडको सुभारम्भ गरेका हुन् । कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।
अधिकारीले नगद रहित कारोबारलाई श्री नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे । उक्त कार्यक्रममा सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडिठ बढाईरहेको जानकारी गराए ।
साथै, उक्त कार्यक्रममा श्री पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंम्सा गरे । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्