×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलविद्युत लगानी तथा विकास कम्पनी नाफा २२.६३% ले घट्यो, जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL

जलविद्युत लगानी तथा विकास कम्पनी नाफा २२.६३% ले घट्यो, जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ (विवरणसहित)

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा घटेको छ । कम्पनीको नाफा २२.६३% घटेर ४२ करोड ८३ लाख रुपैयाँ नाफा मात्रै कमाएको हो । कम्पनीको पुससम्ममा प्रतिसेयर आम्दानी ५ रुपैयाँ १९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ १५ पैसा छ । 
यस्तै जलविद्युत आयोजनाहरुमा ३४ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न बैंकमा ११ अर्ब ६६ करोड रुपैयाँ आवधिक बचत (टर्म डिपोजिट) गरेको छ । बाँकी ६२ करोड ३५ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी