×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्कमा आकर्षक वृद्धि, खुद नाफा पनि २४.३३% ले बढ्यो ! (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्कमा आकर्षक वृद्धि, खुद नाफा पनि २४.३३% ले बढ्यो ! (विवरणसहित)

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बिमा शुल्क ९२.०६% ले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । खुद नाफा पनि २४.३३% ले बढेर ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बिमा कोष पनि ७७ करोड ५९ लाख रुपैयाँबाट बढाएर १ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ भने चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी