×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्ने, अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन पेस

PRIME CA

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्ने, अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन पेस

३ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा सो ऋणपत्र भएको हो । 
४० लाख इकाई ऋणपत्रमध्ये १६ लाख इकाई ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: