×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र जापानका राजदूत मसामिचि साइगोबीच बिदाई भेट ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार

PRIME CA

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र जापानका राजदूत मसामिचि साइगोबीच बिदाई भेट ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको बताउनुभयो ।
दुई देशबीच बेलाबेलामा हुने उच्च स्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यस्तै कोरोना भाइरस विरुद्धको खोपलाई जापान सरकारले अनुमति दिएसँगै जापानमा छिट्टै नै यस रोगविरुद्धको लडाइँमा महत्वपूर्ण जित हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले राजदूत साईगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई तथा धन्यवाद समेत ज्ञापन गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: