×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : कार्यालय समयमा जुवा खेल्ने नेपाल बैंकका मेनेजरको सरुवा, पद पनि ‘घटुवा’ !

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : कार्यालय समयमा जुवा खेल्ने नेपाल बैंकका मेनेजरको सरुवा, पद पनि ‘घटुवा’ !

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
डोल्पा । डोल्पामा कार्यरत नेपाल बैंकका मेनेजर अनिल गुप्ता कार्यालय समयमा नै जुवा खेलेर बसेको भिडियोसहितको रिपोर्ट अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनीमाथि आन्तरिक कारवाही भएको छ । अफिसमा बसेर काम गर्नुपर्ने बेलामा उनी स्थानीय जुवाडेसाथीहरुसँग जुवा खेलिरहेको फुटेजसहितको सामाग्री अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले उनलाई आन्तरिक कारवाही गरेको हो । बैंकले उनलाई डोल्पाबाट पाल्पा सरुवा गरिदिएको र ब्रान्च मेनेजरको पदबाटसमेत घटुवा गरेर जिम्मेवारी दिइएको बैंकका सूचना अधिकारी प्रकाश अधिकारीले बताएका छन् ।
‘हामीले यसविषयमा जानकारी पाउनेबित्तिकै उनको सरुवा गरिदिएका छौं । पद पनि घटुवा भएको छ उहाँको ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका सूचना अधिकारीले भने, ‘बुझ बुझारत गरेर तोकिएको ठाउँमा जान भनेका छौं । थप अनुसन्धान र कारवाहीको प्रक्रियासमेत अगाडी बढ्नेछ ।’
यता जुवाखालमा भेटिएका गुप्ताले भने आफ्नो सरुवा भएकोबारे हेड अफिसमै बुझ्न भन्दै फोन काटिदिएका छन् । त्यसपछि उनको फोन निरन्तर स्वीच अफ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: