- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले ३१ करोड ७३ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५.२०% ले धेरै हो ।
पुस मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ६३ पैसा छ भने खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएको छ । खुद ब्याज आम्दानी १२.३८% र सञ्चालन नाफा ३.३८% ले बढेको छ ।