×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सानिमा लाइफ इन्सुरेन्सको दोस्रो त्रैमासमा खुद नाफा १५.४० प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा खुद नाफा १५.४० प्रतिशतले बढेको हो । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्षको भन्दा १५.४० प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ४ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले यो त्रैमासमा खुद बिमा शुल्क १३४.७७ प्रतिबतले बढको छ । कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको हो । गत वर्ष कम्पनीले गत वर्ष भने ४० करोड ७३ लाख रुपैयाँ मात्र खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बिमा कोष पनि ६७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ।  हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ करोड १९ लाख रुपैयाँ रहेको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal