×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजादेखि बालबालिकाहरुलाई अक्षरारम्भसम्म गरिँदै (फोटो-कथा)

PRIME CA

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजादेखि बालबालिकाहरुलाई अक्षरारम्भसम्म गरिँदै (फोटो-कथा)

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । यास दिनलाई स-साना बालबालिकाको अक्षरारम्भ गर्ने शुभ साइतको रुपमा पनि लिइन्छ।
साथै वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास पनि छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामलेसमेत सम्बोधन गरिन्छ । सोही अनुसार आज देशभरका विद्यालयमा विद्यार्थीहरुले सरस्वतीको पुजा गरेका छन् । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: