×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से २६०० अंकमाथि, १० अर्बमाथिको कारोबार !

PRIME CA
GLOBAL IME BANK

नेप्से २६०० अंकमाथि, १० अर्बमाथिको कारोबार !

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्से परिसूचक सोमबारको तुलनामा १५.५० अंकले बढेर २६०१.५१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्बडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको ५२ करोड ९९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: ग्लोबल आइएमइ बैंक र नेपाल बैंकको भएको छ । आज ४ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: