×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा बिहिबार पनि नयाँ रेकर्ड कायम, २५.२३ अंकले बढेको बजार २६३६.६८ बिन्दुमा, ८ अर्ब ७६ करोडमाथिको कारोबार

PRIME CA

नेप्सेमा बिहिबार पनि नयाँ रेकर्ड कायम, २५.२३ अंकले बढेको बजार २६३६.६८ बिन्दुमा, ८ अर्ब ७६ करोडमाथिको कारोबार

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन पनि नेप्से बढेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा २५.२३ अंकले बढेर २६३६.६८ बिन्दुमा पुगेको छ । जससंगै नेप्से नयाँ उचाईमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ७६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको ५६ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिभिल बैंकको भएको छ । आज ३ समूहबाहेकका सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् भने मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: