Skip to content
LAXMI SUNRISE BANK

उतारचढावकाबीच १२.५६ अंकले बढेर बन्द भयो बजार, आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०४ कम्पनीको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल बैंक बैंकको भएको छ । यस बैंकको ५८ करोड २५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र नेको इन्स्योरेन्सको भएको छ । आज २ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले कमाएका छन् भने निफ्राका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK