×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा क्युआर काेडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा क्युआर काेडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु

Artha Sarokar

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले  क्युआर कोडबाट ई–रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहिबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए । यस्तै ई–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी