×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर छ’ : मन्त्री तुम्बाहाम्फे(भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर छ’ : मन्त्री तुम्बाहाम्फे(भिडियो)

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीहरुको हातमा पुर्जा दिनको लागि सरकार आतुर रहेको बताउनुभएको छ । शनिबार काठमाण्डौमा भुमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरुको हातमा पुर्जा दिनका लागि आतुर रहेको बताउनुभएको हो ।
सरकारको आतुरतालाई व्यवहारमा उर्तानको निम्ति भुमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उहाँको भनाई छ । सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको पनि उहाँले बताउनुभयो । सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरुले नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समुह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेको पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । आयोगका सदस्यहरु आर्थिक लोभमा पर्न सक्ने भन्दै मन्त्री तुम्बाहाम्फेले समय मै सचेत रहन आग्रह गर्नु भयो । आयोगका पदाधिकारीहरुले स्थानिय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: