
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृंखला खतिवडालाई यस कम्पनीको सद्भावनादूतका रूपमा हार्दिक स्वागत गर्दछ । आकर्षक व्यक्तित्वकी धनी, आर्किटेक्चर इन्जिनियरिङ्ग संकायमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित एवं मिस नेपाल–२०१८ शृंखला खतिवडा नेपालकै चर्चित व्यक्तित्वहरू मध्येका एक हुन् । उनी आजका महिलाहरूको लागि प्रेरणादायी भुमिकामा छिन, जसले जीवनका हरेक पक्षमा अब्बल हुनुबाहेक अरू केही चाहिनन् ।
वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वल्र्डलिंक सधैं प्रयासरत रहेकोछ । २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशिल समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यत्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आप्mनो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेसित गर्न सकिनेछ ।”
सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृंखलाले भनिन्, “नेपालको नम्बर एक ब्रोडव्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति, वल्र्डलिंकले गरेको मेहनतको म सराहना गदर्छु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुशी छु । वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेकोछ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वल्र्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।”
शृंखला सन् २०१८ मा मिस नेपालको २३ औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वल्र्ड–२०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी “उत्कृष्ट बाह्रौ” मा पर्न सफल भएकी थिइन् र उनलाई “ब्युटी विथ अ पर्पोज अवार्ड” विजेता पनि घोषित गरिएको थियो । यसबाहेक पनि उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छिन् । सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वल्र्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भयो । उक्त कार्यक्रममा श्री दिलीप अग्रवाल–अध्यक्ष, श्री मनोज अग्रवाल, बोर्ड निर्देशक, श्री केशव नेपाल–प्रमुख कार्यकारी अधिकृत र सुश्री शृंखला खतिवडा उपस्थित थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्