
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कसैले बैंकको छाप नै नक्कली नक्कली बनाएर कसैले अवैध धन्दा गर्न सक्छ भन्ने तथ्य थोरैको कल्पनाभित्रको कुरा हुन सक्छ । तर यस्तै एउटा घटनाको रहस्य बाहिर आएको छ । सिद्धार्थ बैंक सिमराको हस्ताक्षर र छाप नै किर्ते गरेर मालपोत कार्यालय सिमरामा भौचर बुझाउने लेखनदासलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछी बैंकको छाप र हस्ताक्षर दुरुपयोग भएको रहस्य बाहिर आएको हो ।
भएको के हो ?
घटना सिमराको हो । जय चुुरियामाई लेखापढीका सञ्चालक अवधेश महतो कहारले सिद्धार्थ बैंक सिमराको भौचरमा हस्ताक्षर र छाप किर्ते गरेर मालपोत कार्यालयमा बुझाए । उनले पुष २६ गते पुँजीगत लाभकर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी १ लाख ६ हजार २ सय ३३ रुपैयाँको भौचरमा सिद्धार्थ बैँकको किर्ते सही, छाप प्रयोग गरी सिमरा मालपोतमा बुुझाएका थिए । तर उनको अवैध धन्दाको पोल त्यो बेला खुल्यो जव
लाभकर र रजिस्ट्रेसन २ वटा फारममा हस्ताक्षर फरक भेटियो ।
मालपोत कार्यालय सिमराका निमिक्त प्रमुख मनोजकुमार खनालका अनुसार भौचरको हस्ताक्षर र छाप शंकास्पद देखिएपछी बैंक काउन्टरमा यस विषयमा बुझिएको थियो । बैंकले उक्त रकम खातामा जम्मा नभएको र हस्ताक्षर र बैंकको छापसमेत किर्ते भएको बताएपछि यस्तो तथ्यको खुलासा भएको हो ।
मालपोतलाई ठगेर फरार भए महतो !
बैकंको सहीछाप किर्ते गर्ने महतो २ सातादेखि फरार छन्। फरार महतोलाई इलाका प्रहरी कार्यालय सिमराले ‘संस्थाको छाप किर्ते’ मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ। उनी फरार भएपनि प्रहरीले उनको फर्ममा भने छापा मारेको छ। प्रहरीले उनको फर्मबाट एक लाख १८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ। थप अनुसन्धान भइरहेको र उनको खोजीसमेत भइरहेको प्रहरीको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्