
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सले २ वर्षको वार्षिक साधारणसभा चैत ९ गते बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को साधारण सभा एकैपटक बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट २७.७६% बोनस सेयर र कर प्रयोजनको लागि १.४६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । उक्त लाभांश ३०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । यसले प्रस्तावित बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीको पुनः ३०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने जनाएको छ ।
कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने सेयर पुँजीमा सर्वसाधाण सेयरधनीको हिस्सा ४९% पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक सेयर पुँजीको हिस्सा ६०% रहेको छ भने सर्वसाधारणको ४०% छ । सभाको लागि फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्