
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । टोखा नगरपालिका ११ भण्डारी टोल बस्ने पर्वत टकलाक घर भएका ४५ वर्षीय हरि प्रसाद बस्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत युकेमा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिले साथी बनाई कुरा गरी उपहारका सामानहरु युकेबाट पठाएको छ । उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भने पश्चात भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि कर बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गरेको र सो रकममध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गोगंबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा व्यक्तिलाई भेटेर दिए पश्चात पनि पीडितलाई पटक पटक रकम पठाउन भनी फोन आए पश्चात पीडितले आफू ठगिएको थाहा पाई दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउस नजिकबाट बस्याललाई पक्राउ गरेको हो । बस्यालबाट १० थान विभिन्न व्यक्तिको नाममा जम्मा गरेको भौचर, २ थान मोबाइल र नगद १ लाख ७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । बस्याललाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्