
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” नामको नयाँ अभियान शुरू गरेको छ । यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बेत्तित गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने हो ।
यो विचार हामी हाम्रो स्मार्टफोनको साथ आराम गर्न कोशिस गर्दै त्यस दौरान आउने झन्झटहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तरिकामा केन्द्रित छ । त्यहाँ धेरै दिक्क लगाई दिने कारणहरू हुन सक्छन् जस्तै नोटिफिकेशन पपअप्स्को साथ मोबाइल गुन्जने साथीहरू र परिवारको म्यासेजहरूले, ईमेलहरू, मोबाइल अपडेटहरू वा विभिन्न सामाजिक एपहरूबाट अनियमित सूचनाहरू हुन सक्छन् । यो अभियानले कसरी हामी हाम्रो घरको स्क्रीन टाइममा अवरोधहरुबाट दिकदार नभइ स्प्राईटको चिसो, क्रिस्प र लेमन/लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने कुरालाई देखाएको छ ।
उक्त अभियानको बारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउँने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ । हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहँछौं ।”
यो विज्ञापन थुप्रै नोटिफिकेशनहरु सहित मोबाइल बजिरहेको अवस्थामा शुरू हुन्छ । यो विज्ञापनले हाम्रो मोबाइल टाइममा दुईवटा कुरा – कि रिफ्रेश या तनाव हुन सक्छ भन्ने बताएको छ । त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राईटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइश क्युब र लाइम भएको गिलासमा खनाउँछ । हामी यो दुईवटा कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं र एउटै कुरामा अडिक रहौं त्यो हो स्प्राईटमार्फत रिफ्रेशमेन्ट । यो विज्ञापन “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” भन्ने ट्यागलाइनसँगै अन्त्य हुन्छ र उपभोक्ताहरूलाई अधिकतममा रिफ्रेस रहन र घरमै स्क्रीनको समयमा आराम गर्न प्रोत्साहित गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्