- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । एनएमबि बैंकको सीईओमा पुनः सुनिल केसी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाे । केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु हुने गरी पहिलाे पटक बैंककाे प्रमुख कार्यकारी अधिकृत(सिइओ) नियुक्त गरेको थियाे । केसी त्यसअघि बैंकको डेप्युटी सिइओ पदमा कार्यरत थिए । केसीले सन १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।