×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका ग्राहकहरुले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास ब्याक पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सनराइज बैंकका ग्राहकहरुले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास ब्याक पाउने

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा ने.रु. १०० क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ ।
कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ । डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: