×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहज विद्युत् आपूर्ति गर्नको लागि सुब्बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहज विद्युत् आपूर्ति गर्नको लागि सुब्बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो

७ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सुर्खेत । सुर्खेतको सुब्बाकुनामा (१३२,३३,११) केभी प्रसारण लाइनको सबस्टेशन निर्माणकार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाइएको हो । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माण गर्न लागिएको हो ।
सबस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माण प्रक्रियामा ढिलाइ हुँदै आएको थियो । अहिले बोलपत्र आह्वान गरी कामसमेत शुरु भइसकेको छ । उता जहरेमा निर्माण हुने भनिएको (४००, २२०, १३२) केभी प्रसारण लाइनको सबस्टेशनको काम भने झन् पछाडि धकेलिएको छ । सबस्टेशनको डिजाइन गर्ने इटालेली कन्सलटेन्टले डिजाइनको काम पूरा गरिसकेको भए पनि बोलपत्र आह्वानको काम शुरु हुन लाग्दा योजना नै स्थगन गरेर प्रसारण निर्देशनालयमा हस्तान्तरण गरी पुनः बोलपत्र आह्वान हुने भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिनुभयो । सुब्बाकुनामा सबस्टेशन निर्माण पूरा भएपछि विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने अग्रहरिले जानकारी दिनुभयो ।
अहिले सुर्खेतको सुब्बाकुना विद्युत् प्राधिकरणले (१३२, ३३, ११) काम गरिरहेको छ । भेरी नदीमा बन्न लागेका ठूला आयोजनाको विद्युत् जहरे सबस्टेशनमार्फत वितरण हुने छ । जहरेमा निर्माण हुन लागेको सबस्टेशन (४००, २२०, १३२ केभी) को काम राष्ट्रिय प्रसारण कम्पनीले गर्न लागेको छ । अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो ।
सुब्बाकुना भन्दा जहरेको काम ढिला हुने अग्रहरिले जानकारी दिनुभयो । जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । प्रदेशले नै जाजरकोटको चौखा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरिले जानकारी दिनुभयो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माणकार्य छिटो गर्नुपर्ने बाध्यता छ ।
जाजरकोटको कुदुको सबस्टेशन निर्माण पूरा भइसकेको छ । अन्य ठाउँ समाइला, वडावनमा निर्माण हुने सबस्टेशनका लागि बोलपत्रको कामसँगै मुआब्जाको काम अगाडि बढेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले जानकारी दिनुभयो ।
ठेकेदारको लापरवाहीले काममा ढिलाइ
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका–१३ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ । पहिलो चरणमा १३ नम्बरको कार्कीगाउँमा पुगेको र हप्ता दिनभित्र अन्य ठाउँमा विद्युत् पुग्ने लक्ष्य रहेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताउनुभयो । विद्युत् पुगेसँगै गरिब तथा विपन्नलाइ निःशुल्क मिटर बक्स वितरणको काम शुरु भएको छ । विद्युतीय सुरक्षाका कामसमेत गाउँगाउँमा अभियानका रूपमा चलाएको छ । दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युत् पु¥याउने लक्ष्यका साथ काम शुरु गरिएकामा ठेकेदारले तोकिएको समयमा काम नगर्दा पूर्व तथा उत्तरी क्षेत्रमा लक्ष्यमा पुग्न समस्या भएको छ ।
नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विद्युत् पुर्याउनका लागि ठेक्का लिएको आरके इन्टरनेशनलले दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ । पोल गाडेको दुई वर्ष बिते पनि बत्ती कहिले बल्छ भनी स्थानीयवासीले प्रश्नको ओइरो लगाएको प्रमुख लामिछानेले बताउनुभयो । उता डोल्पासम्म लाइन विस्तार गर्नका लागि जाजरकोटको पूर्वी क्षेत्रसम्म छिटो लाइन विस्तार गर्नुपर्ने बाध्यता छ । तासुगाड जलविद्युत् आयोजना, जगदुल्ला जलविद्युत् आयोजना लगायतका काम गर्नका लागि समेत विद्युत् लाइन छिटो पुग्नुपर्ने अवस्था छ । त्यस्तै नलगाड जलविद्युत् आयोजना निर्माणका लागि समेत काम छिटो बन्नुपर्ने छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: