×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ४.०२% पुग्यो, नाफामा पनि ३०.२३ प्रतिशतको गिरावट ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ४.०२% पुग्यो, नाफामा पनि ३०.२३ प्रतिशतको गिरावट ! (विवरणसहित)

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३०.२३% ले घटेको छ । संस्थाले यो त्रैमासमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको हो । संस्थाको खुद ब्याज आम्दानी पनि १.५८% ले घटेर ६३ करोड ५० लाख ३० हजार रुपैयाँमा आएको छ । जसकारण नाफामा असर परेको छ ।
यता पुस मसान्तसम्ममा सञ्चालन नाफा ३०.२३% ले घटेर २९ करोड २९ लाख १ हजार रुपैयाँमा सीमित भएको छ भने रिजर्भ कोषमा १ अर्ब ५३ करोड १८ लाख ४५ हजार रुपैयाँ जम्मा भएको छ । संस्थाको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ २९३ रुपैयाँ ३२ पैसा रहेको छ भने खराब कर्जा १.३७% बाट बढेर ४.०२% पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी