
तनहुँ । सम्झौतानुरुप निर्माणकार्य सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीले रु एक/एक करोडका दरले रु तीन करोड जरिवाना बुझाएका छन् । सन्तोषी निर्माण सेवा प्रालि, वाइपी कन्स्ट्रक्शन र स्वच्छन्दामना जेभीले सम्झौताको १० प्रतिशतका दरले उक्त जरिवाना बुझाएका हुन् ।
पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि केही समयअघि भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । उक्त अवधिभित्र सन्तोषजनक तरिकाले काम नगरेको पाइएमा कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइने पूर्वाधार विकास कार्यालयका ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।
कृष्णमार्गका लागि रु चार करोड, सिन्धुमार्गका लागि रु तीन करोड र श्रृगपथमार्गका लागि रु दुई करोड बजेट विनियोजन गरिएको थियो । उक्त मार्गअन्तर्गत विकास निर्माण भए पनि सम्पन्न गर्ने काम नभएकाले सम्पन्न गर्न ताकेता दिँदै आइएको उहाँले बताउनुभयो । श्रृगपथमार्गको फागुन १५, कृष्णमार्गको फागुन मसान्तसम्म र सिन्धुमार्गको चैत मसान्तभित्र योजना सम्पन्न गर्ने गरी निर्देशन दिइएको छ । उहाँले भन्नुभयो, “उक्त अवधिभित्र योजना सम्पन्न नगरे कालोसूचीका लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाइनेछ ।”
विश्व बैंकको सहयोगमा सञ्चालित उक्त योजना समयमा सम्पन्न नहुँदा प्रदेशमा हस्तान्तरण भई प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले काम गर्न कठिनाइ भएको उहाँले बताउनुभयो । उक्त तीनवटा निर्माण कम्पनीको कार्यले टाउको दुखाइको विषय बनेको छ । उहाँले भन्नुभयो, “प्रदेश र केन्द्रबाट कति प्रतिशत काम सम्पन्न भयोे भनेर बारम्बर सोधनी हुन्छ, जवाफ दिनै गाह्रो भएको छ ।” -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्