×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्याक्सी चालकहरु आन्दोलनमा…यस्ता छन् मागहरु…(भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्याक्सी चालकहरु आन्दोलनमा…यस्ता छन् मागहरु…(भिडियो)

Artha Sarokar

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सी सहित र्याली निकालेका व्यवसायीहरुले बैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।
राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो । ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानबाट र्याली सहित माइतिघर मण्डलामा भेला भएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी