
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित धनिहरुलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।
प्रमुख भट्टराईले मोटरसाईकल हराउने अवस्था रोकी सवारी धनिलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफुले उपाय खोजिरहेको बताउनुभयो । सवारी धनि स्वयम्ले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उहाले बताउनु भयो । ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएको मोटरसाईकल र स्कुटर खोज्ने कामलाई तिव्रता दिएको प्रमुख भट्टराईले बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्