×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिविको चरम लापरवाही, एलएलबी क्रिमिनोलोजीको २०७१ र २०७६ सालको प्रश्नपत्र एउटै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

त्रिविको चरम लापरवाही, एलएलबी क्रिमिनोलोजीको २०७१ र २०७६ सालको प्रश्नपत्र एउटै

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कानुन संकायअन्तर्गत (एलएलबी) दोस्रो वर्षको क्रिमिनोलोजी विषयको प्रश्नपत्र दोहोरिएको छ । उक्त बिषयको यहि फागुन ३ गते परिक्षा थियो । २०७६ सालमा सो विषयको परिक्षामा २०७१ सालकै प्रश्न अर्थात हुबहु आएको छ । जसले गर्दा परिक्षा दिन गएका परीक्षार्थीहरु प्रश्नपत्र पाएपछि अलमलमा परेका थिए ।  २०७६ सालमै हुनुपर्ने परीक्षा कोरोनाका कारण यहि ३ गते भएको हो ।
यता परिक्षा दिएका परीक्षार्थीले प्रश्नपत्र हुबहु आउनु त्रिभुवन विश्वविद्यालयको लापरबाही भएको बताएका छन् ।नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीले पनि प्रश्न हुबहु सोध्न नमिल्ने बताएका छन् । उनले प्रश्नपत्रमा लापरवाही गरेर विद्यार्थीको जिन्दगीसंग खेलवार्ड गरेको बताए । यता प्रश्नपत्र दोहोरिएको विषयमा त्रिविले पनि परीक्षा बोर्डसँग छलफल गर्ने जनाएको छ ।
हेर्नुहोस् २०७६ सालको प्रश्नपत्र :
हेर्नुहोस् २०७१ सालको प्रश्नपत्र :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: