
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यो नाफा गत वर्षको भन्दा ४४.६३% ले थोरै हो । गत वर्ष कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ३ करोड ९७ लाख रुपैयाँबाट घटेर १ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ भने कम्पनीको समग्र उत्पादन तथा बिक्री पनि १ अर्ब ५६ करोड ९९ लाख रुपैयाँबाट घटेर १ अर्ब १७ करोडमा सिमित भएको छ । जसकारण खुद नाफा प्रभावित भएको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । गत वर्ष ९७२ रुपैयाँ (वार्षिक) रहेको थियो भने यस वर्ष घटेर १३७ रुपैयाँ (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि २ हजार ३१६ रुपैयाँ छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २ हजार २८१ रुपैयाँ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्