×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बन्द अपडेट : माधव प्रचण्ड समूहका ठुलै नेतालाई प्रहरीले पक्राउ गरेपछि नेकपामा खैलाबैला, हेर्नुहोस् विस्तृतमा

PRIME CA

नेपाल बन्द अपडेट : माधव प्रचण्ड समूहका ठुलै नेतालाई प्रहरीले पक्राउ गरेपछि नेकपामा खैलाबैला, हेर्नुहोस् विस्तृतमा

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

नेकपा प्रचण्ड-माधव समूहले बिहीबार नेपाल बन्दको आयोजना गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै बिहीबार माघ २२ गते आम हड्ताल गर्ने निर्णय गरेको हो ।

विहानैदेखि देशका विभिन्न स्थानमा नेपाल बन्दको प्रभाव परेको छ । काठमाडौँका विभिन्न स्थानमा विहानदेखि बन्दको प्रभाव परेको देखिन्छ । ठाउँठाउँमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएका छन् । स्कुल, कारखाना, सबै बन्द गरिएका छन् भने विहान खासै पसल पनि खोलेको देखिंदैन । बाटोमा सार्वजनिक सवारी पनि चलेका छैनन् ।

काठमाडौँमा मात्र होइन देशभरका विभिन्न स्थानमा पनि बन्दको प्रभाव परेको देखिएको छ ।

यसैबीच नेकपाकी बरिष्ट नेतृत अष्टलक्ष्मी शाक्य लगायतका ठुला नेताहरु कलङ्कीबाट पक्राउ परेका छन् । ‘आज विहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।’ नेकापाका केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: