- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३९ पुगेको हो । कम्पनीको सेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य वृद्धि भएको हो । दिउँसो १ बजेर ५० मिनेटमा नेप्से परिसूचक १.४९ अंकले बढेर २६३८.१७ बिन्दुमा पुगेको छ ।