×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २८.७४ प्रतिशतले बढ्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विजय लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, २८.७४ प्रतिशतले बढ्यो खुद नाफा

Artha Sarokar

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको दोस्रो त्रैमाससम्म आईपुग्दा खुद नाफा बढेको छ । कम्पनीको खुद नाफा २८.७४ प्रतिशतले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । अघिल्लो वर्ष १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी २३ प्रतिशतले बढी हो । यस्तै सञ्चालन नाफा ६.६६ प्रतिशतले बढेर ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ८ करोड २ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
खराब कर्जा भने ०.५८ प्रतिशतले बढेर ३.२१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष २.६३ प्रतिशत खराब कर्जा रहेको कम्पनीको यस वर्ष ०.५८ प्रतिशतले बढेर ३.२१ प्रतिशत पुगेको छ । यसैगरी प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ८५ लाख २३ हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी