×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिबोको नयाँ मोडल ‘Y12S’ को प्रि बुकिङ खुला, २५ सय रुपैयाँसम्मको आर्कषक छुट पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भिबोको नयाँ मोडल ‘Y12S’ को प्रि बुकिङ खुला, २५ सय रुपैयाँसम्मको आर्कषक छुट पाइने

२१ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादादता
काठमाडौं । भिबोको नयाँ मोडल ‘Y12S’ को प्रि बुकिङ खुला भएको छ । कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम बजेटमा अहिलेसम्मकै नयाँ फिचर राखेर नेपाली बजारमा उक्त मोबाइल फोनको प्रि बुकिङ खुला गरेको हो । चिनियाँ ब्राण्ड भिबो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स मनोकामना रहेको छ । कम्पनीले Y12S मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ । तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउने भएका छन् । ग्राहकले १ हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै २ हजारको कुपन पाउनेछन् ।
फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउनेछन् भने कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पनि पाउने भएका छन् । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत पुरस्कार समेत वितरण गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंह (बन्टि) ले जानकारी दिए । कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ड्र कार्यक्रम मार्फत विभिन्न पुरस्कार घोषणा गर्ने भएको छ। जसमा प्रि बुकिङ गर्ने ग्राहकमध्ये ३ जनालाई Y12S १२ मोबाइल फोन उपहारमा दिने भएको छ । यसैगरी १०० जनालाई २५०० रुपैयाँको कुपन अर्थात छुट दिने भएको छ भने ५०० जनालाई निशुल्क मोबाइल स्क्रिन दिने भएको छ ।
साथै कम्पनीले अफलाइन लक्की ड्र कार्यक्रमबाट पनि पुरस्कार घोषणा गर्ने भएको छ । जसमा प्रि बुकिङ गर्ने ग्राहकमध्ये १ जनालाई स्मार्ट टिभी, १ जनालाईY12S मोबाइल र २५० जनाले भिबो ब्याग पाउने भएका छन् । भिबोको प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचर सहितको Y12S मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन् । Y12S मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ । मुख्य क्यामेरा १३ मेगा पिक्सेलको छ भने ब्याक क्यामेरा २ मेगापिक्सेलको रहेको छ । ५००० मिलि एम्पियर आवर अर्थात ५ हजार घण्टासम्म ब्याट्री टिक्ने र साइडमा जडान फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट Y12S मोबाइलको मुख्य बिशेषताहरु हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: