×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका विभिन्न स्थानमा वाटर एटिएम सञ्चालनमा, प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिरे पुग्ने ! (भिडियो रिपोर्ट)

PRIME CA

काठमाडौँका विभिन्न स्थानमा वाटर एटिएम सञ्चालनमा, प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिरे पुग्ने ! (भिडियो रिपोर्ट)

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा विहिबार देखि काठमाण्डौमा वाटर एटिएम संञ्चालनमा आएको छ । विहिबार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । 
वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ । यो वाटर एटिएमलाई ३ महिना सम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाका सिक्का प्रयोग गर्नुपर्ने छ । काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिनुभयो ।
काठमाण्डौमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मुल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ । एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । काठमाण्डौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैया रहेको छ । हेनुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: