×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर नेपाली बजारमा, २५ हजारसम्म छुट प्रदान गरिने (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर नेपाली बजारमा, २५ हजारसम्म छुट प्रदान गरिने (भिडियो)

Artha Sarokar

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । पहिलो चरणमा पियोर इभी ब्राण्डका इप्लुटो ७ जि र इट्रान्स नियो ब्राण्डको इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध हुने छन् । इप्लुटो ७ जिको मूल्य २ लाख ४९ हजार र इट्रान्स नियोको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको छ । दुबै इलेक्ट्रिक स्कुटरमा २२ सय वाटको मोटर र सजिलै एक ठाँउबाट अर्को ठाउँमा लगेर रिचार्ज गर्न सकिने ६० भोल्ड ४० ए एच लिथियम आयन ब्याट्री छ । जुन ४ घण्टामा रिचार्ज हुने बताइएको छ ।
यो एक पटक चार्ज गरेपछि ६० किलोमिटर प्रति घण्टाको दरले १ सय १६ किलोमिटरसम्म गुडने मोटर्सको दावी छ । मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले हाल उक्त ब्राण्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट पाउने बताउनुभयो । उहाँले हालका लागि पियोर इभीको ब्राण्डको स्कुटर खरिद गर्दा नगद २५ हजारका साथै एसेसरिजमा १० हजार रुपैयाँ छुट प्रदान गरिने बताउनुभयो । मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्कीले कम्पनीले यसको ब्याट्री मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी प्रदान गरेको पनि बताउनुभयो । यसमा एलसिडी स्क्रिन, अलोए ह्विल, एन्टी थिफ प्रोभिजन विथ स्मार्टलक, रिजेनेरेटिभ ब्रेकिङ लगायतका फिचर्स छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी