
- अर्थ सरोकार सम्बाददाता
बाजुरा । हिमालयन बैंकले शुक्रबार खप्तड छेडेदह गाउँपालिकामा आयोजित एक समारोहबीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा बैंकले उक्त समाग्रीहरु विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप खप्तडका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्