
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ‘खल्ती’ डिजिटल वालेट, नेपालको एक लाेकप्रिय डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान संचालन गरिरहेको छ जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्। अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठुलो माध्यम बनेको छ। यसै अन्तर्गत खल्तीले ल्याएको हो “खल्तीमा आइफोन १२” अभियान। यस अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र iPhone १२ जित्नेछन् । सहभागीहरूले खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ। त्यसपछि खल्ती एप भित्र गइ “खल्तीमा आइफोन १२” सेक्सनबाट रु. २० को रिचार्ज गर्न पर्नेछ।
यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ जस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन्। यो अफर २८ मार्च / चैत्र १५ सम्म लागु हुनेछ।
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्