- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस सेयर सूचिकृत भएको छ । नबिलको ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता र अरुण काबेलीको ८ लाख ५६ हजार ५०० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको हो ।
नबिलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३३.५०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो । यस्तै अरुण काबेलीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.७१% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचिकृत भएको हो ।