×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?

GLOBAL IME BANK

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल आयल निगमले पुन:पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको छ । जससंगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: