
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकको ९.२६% र डेभलपर्स कम्पनीको १५.७८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
महालक्ष्मीले चैत १३ गते वार्षिक साधारणसभा बोलाएको छ भने मंगलबार बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनी मात्र लाभांश पाउनेछन् । सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
यता नेपाल हाइड्रो डेभलपर्स कम्पनीको वार्षिक साधारणसभा चैत १७ गते हुने भएको छ भने कम्पनीले मंगलबार बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने घोषणा गरेको ४% बोनस सेयरसमेत गरी १५% बोनस प्रस्ताव गरेको जनाएको छ । यस्तै कर प्रयोजनको लागि ०.७८% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्