×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजसम्म सेयर किन्नेले महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्स लाभांश पाउने, कसको साधारणसभा कहिले ?

GLOBAL IME BANK

आजसम्म सेयर किन्नेले महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्स लाभांश पाउने, कसको साधारणसभा कहिले ?

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले वार्षिक साधारणसभा गर्नका लागि आइतबार बुक क्लोज गर्दैछन् । बिहीबार शिवरात्री र शुक्रबार र शनिबार बजार बन्द हुने भएकाले आज बुधबारसम्म कम्पनीको सेयर किन्नेले सो लाभांश पाउने छन् । 
सिजर्नाले साधारणसभा चैत १४ गते हुँदैछ भने गत वर्षको नाफाबाट १३.५९% बोनस सेयर र कर प्रयोजनार्थ ०.६८% नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै महिला सहयात्राले चैत १८ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले १०% बोनस र कर तिर्न ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: