- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबार सेयर बजार बन्द हुने भएको छ । महाशिवरात्री अवसरमा सरकारले सार्वजनिक विदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो । अब बजार आइतबार नियमित समयमै खुल्नेछ । यसअघि बुधबार नेप्से ३.४० अंकले घटेर २४५८.४८ बिन्दुमा पुगेको थियो ।
सो दिन २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको थियो भने सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।