- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध हटाउने सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु छन् । सहमतिको विस्तृत विवरण २१ गते एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।