×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड तेस्रो वर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड तेस्रो वर्षमा प्रवेश

Artha Sarokar

२३ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो । मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु¥याइसकेको छ ।
यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ । यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी