
- अर्थ सरोकार सम्बाददाता
कास्की । कास्की जिल्लाको रुपमा गाउँपालिकाका किसानहरुलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्नका लागि रुपा गाउँपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच सम्झौता भएको छ । रुपा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य वस्तुको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी सिर्जना गर्न शिक्षित वेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुलाई विदेशमा आर्जन गरेको सिप र दक्षता उपयोग गर्दै उनिहरुलाई स्वरोजगार वनाउन महिला उद्यमशिलता विकास गर्न, वित्तिय पहुँज तथा साक्षरता विस्तार गर्दै धितो सहित तथा विना धितोमा कर्जाका लागि आवश्यक सहजिकरण तथा व्यवस्थापन गर्न “समृद्धीका लागि सहकार्य” भन्ने नाराका साथ स्थापित भई विभिन्न क्षेत्रमा सहयोग र सहकार्यका साथ अगाडी बढेको ग्रीन डेभलपमेण्ट बैंक लि. र रुपमा गाउँपालिकाको सहकार्यमा चैत्र १२ गतेका दिन एक समारोहका गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा गाउँपालिकाका तर्फवाट प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुङ्गाना र ग्रीन डेभलमपमेण्ट वैंक लि.को तर्फवाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हस्ताक्षर गरे ।
गाउँपालिका भित्रका कृषकहरुलाई वित्तीय पहुँच वढाउन र लगानीको वातावरण सिर्जना गर्न नेपाल सरकारको सहुलियत पूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धी एकिकृत कार्यविधी २०७६ मा व्यवस्था भए अनुरुपका कर्जा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि गाउँपालिका र वैंक प्रतिवद्ध रहेको दुवै पक्षले जनाएका छन् । उक्त सम्झौता पश्चात रुपाका किसानहरुले विना धितो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । वैंकले गाउँपालिकाको जमानीमा विभिन्न कृषी तथा पशुपालन सम्वन्धी व्यवसाय गर्नको लागि ऋण उपलव्ध गराउने वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । उक्त सहुलियतपूर्ण कर्जा लिदाँ महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत छुट पाउने छन् ।
उक्त समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यो वर्षलाई कृषी वर्षको रुपमा मनाउने घोषणा गर्दा डेढ अर्व रुपैया वजेट विनीयोजन गरेकोमा यो वर्ष मात्रै कृषी तथा दूधजन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रम मार्फत २० करोड रुपैया भित्र्याईसकेको बताए । “कृषी वर्षको रुपमा अनुदान वढायौं । टनेल, औजारदेखी विभिन्न उपकरण किसानसम्म पु¥यायौं” अध्यक्ष ओझाले भने “एक वडा एक नर्सरी कार्यक्रम चलिरहेको छ । अव व्यवसायीक कृषीमा लाग्न चाहनेले ग्रीन डेभलपमेण्ट वैंक मार्फत् विनाधितो र धितोसमेतमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने भएका छन् ।”
व्यवसायिक कृषी तथा पशुपालन, महिला उद्यमशिलता लगायत कृषी पेशासँग सम्वन्धित कार्यका व्यवसायका लागि बैंकको तालचोक शाखालाई तोकिएको र उक्त शाखामा सम्झौता वमोजिमको कर्जा प्रवाह कार्यलाई सहजिकरण गर्न छुट्टै इकाई समेत व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत आचार्यले वताउनुभयो । उक्त कार्यक्रममा वोल्दै वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गाउँपालिकाका कृषकहरुले सहुुलियतपूर्ण कर्जाको अधिकतम उपभोग गर्दै उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए ।
बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्