Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता सेयर लिलामी आजदेखि बिक्री खुला, प्रतिकित्ता कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक सेयर आज मंगलबार देखि लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामीमा चैत २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 
यस्तै उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंमा बुझाउनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK