×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकद्वारा ‘एनबी अनलाइन कार्ड’ संचालनमा, विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार NB Online Card संचालनमा ल्याएको छ । यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् । 
उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थी बर्गका लागि बिदेशबाट मगाइने I-20 को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । साथै सामाजिक संजालमार्फत आफनो ब्यबसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: